काठमाडौं । मतदानका क्रममा भएका अवाञ्छित गितिविधि रोक्ने क्रममा २३ भन्दा धेरै ठाउँमा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । ११ वटा जिल्लाको २३ ठाउँमा एक सय २२ पटक भन्दा धेरै हवाइ फायर गरेको विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
मतपेटिका फुटाउने, मतपेटिका लुट्न खोज्ने, जबरजस्ती मतदान केन्द्रभित्र प्रवेश गर्न खोज्ने लगायतका गतिविधि भएपछि खराब अवस्था आउन नदिन हवाइ फायर गर्नुपरेको उनले बताए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार





