गोरखा । गोरखाको एक मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला परेको छ । गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखि ६५ मिटर टाढा तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ ।
‘कुकरमा तार जडान गरेर टेपले बाँधेको छ,’ प्रहरी निरिक्षक हिमनाथ घिमिरेले भने । उनका अनुसार बिहान सवा ६ बजे उक्त शंकास्पद वस्तु देखिएको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार





