बिदामा गएका घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध



बिदामा गएका घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध

साउदी अरबले बिदामा घर गएका विदेशी नागरिकहरूलाई भिसाको अवधि रहँदै नफर्किएमा ३ वर्ष प्रतिबन्ध लगाउने भएको छ । करार सकेर स्वदेश फर्केकाहरूलाई भने यो नियम लागू हुनेछैन ।

तर बिदामा गएर भिसा अवधि रहँदै नफर्कनेलाई भने यो नियम लागू हुने छ । यो नियम लागू भएसँगै कोरोनाका कारण साउदी जान नपाएकाहरू समयमै साउदी प्रवेश गर्न दबाबमा आउनेछन् ।

साउदी गजेटमा उल्लेख भएअनुसार भिसा अवधि बाँकी हुँदै नफर्केमा अर्को तीन वर्षसम्म भिसा नदिने प्रावधान छ । तर, रोजगारदाताले कामदारलाई नयाँ भिसा उपलब्ध गराएमा भने सो बन्देज नहुने गजेटमा उल्लेख छ ।

भिसाको नवीकरणमा मात्रै यो नियम कायम रहने छ । यस्तै घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरूको भने ६ महिना भित्रमा नफर्केमा आवासीय अनुमति तथा भिसा स्वत: खारेज हुने पनि बताइएको छ ।

साउदी अरबको विदेशी नागरिकको आवागमन मामिला हेर्ने सरकारी निकायले बिदामा गएकाहरूको तर समयमा पूर्ण रुपमा नफर्किएकाहरुको मान्यता नदिइने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार