कतारको Ali bin ali कम्पनीबाट आयो खुसीको खबर
काठमाडौं : कतारको प्रतिष्ठित Ali bin ali holding कम्पनिमा नेपाली युवाहरुको ठूलो संख्या कामदारको रुपमा कार्यरत रहेको कम्पनी हो ।
कतारको उक्त Ali bin ali holding कम्पनिले नेपाली सहित अन्य बिदेशी कामदारको तलब बढाएको खबर आएको छ ।कतारको ali bin ali holding ले नेपाली सहित बिदेशी कामदारको न्युनतम तलब वृद्धि सबैभन्दा धेरै बेसिक तलब दिने कम्पनीको रुपमा आफ्नो परिचय दिएको बताइएको छ ।
कतारको स्थानीय संचार माध्यमले जनाए अनुसार कतारको उक्त कम्पनीले बिश्वकपको मुखमा कामदारको तलब वृद्धि गरेको हो ।
कतारको छवि विश्व समुदायमा राम्रो तुल्याउन हालका दिनमा कतार सरकारले श्रमिक र श्रमिक को लआगइ नयाँ नयाँ कानुन परिमार्जन गर्दै आएको छ ।
यस्तोमा कतारको उक्त कम्पनीले बढाएको न्युनतम तलबको सिको अन्य कम्पनीले पनि गर्न दबाब सृजना भएको बताइएको छ । जसको प्रत्येक्ष फाइदा कामदारलाई हुनेछ ।
कतारमा 4 लाख बढी नेपाली कामदार कार्यरत रहेका छन । भने पछिल्लो समय कतार नेपालीको प्रमुख गन्तव्य बनेको छ ।





