गुजरातमा पुल चुँडिदा १३७ जनाको मृत्यु
काठमाडौं । भारतको गुजरातमा आइतबार साँझ पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । मोरबी भन्ने स्थानमा रहेको मच्छु नदीमाथि बनेको पुल चुडिदा यति धेरै मानिसहरुको मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार घटनामा १३७ जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी घाइते भएका छन् । समाचारहरुमा उल्लेख गरिए
अनुसार ५० जनाभन्दा बढी मानि अझै बेखबर रहेका छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार





