सन २०२३ मा साउदी अरबमा सबै बिदेशी कामदारको तलब वृद्धि हुने
साउदी अरब : Saudi Arab ले सन् २०२३ मा सबै बिदेशी कामदारको तलब वृद्धि गर्ने बताइएको छ । साउदी अरबले कामदारको श्रणी अनुसार न्युनतम तलब समेत वृद्धिको तयारी थालेको समेत बुझिएको छ ।
स्रोतलाई र साउदीमा कार्यरत नेपालीहरुको कुरालाई आधार मान्ने हो भने साउदी अरबमा अब न्युनतम तलब १५ सय देखि २ हजार सम्म हुने बुझिएको छ ।
अक्सर नेपाली कामदारको तलब यहि दुई श्रेणिमा हुने बुझिएको छ । साउदी अरबमा बेसिक तलबको अलावा विभिन्न किसिमका अलाउन्स जोडेर तलब स्केल तयार गरिन्छ ।
कोरोनाले गर्दा गत बर्ष तलब वृद्धि नगरेको साउदी अरबले सन 2023 को सुरु महिना देखि नै लागू हुने गरि तलब वृद्धि गर्ने बुझिएको छ । अब साउदी अरबले कामदारको न्युनतम तलब संगै अलाउन्समा समेत वृद्धि गर्न सक्ने बुझिएको छ ।
जुन योजना 2023 को सुरु देखि नै साउदीमा लागू हुने बताइदै आएको छ । यश बिषयमा सरकारले आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।





