विद्यार्थी भिसामा अष्ट्रेलिया जानेले चौध दिनमा ४० घण्टा मात्र काम गर्न पाउने



काठमाडौं । अष्ट्रेलियाले अध्ययन भिसामा आउने मानिसमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ। अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै निश्चित समय मात्र काम गर्न पाउने नियम बना नियम बनाएकाने हो ।

अब जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न पाउनेछैनन्। यस अघि त्यहाको सरकारले कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो। अब आगामी जुन ३० पछि भने पुनः विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार