यस्तो छ कतार विश्वकपको फाइनल तालिका
फिफा विश्वकप २०२२ सुरु हुन अब ३९ दिन मात्र बाँकी छ। यसपटकको विश्वकप कतारमा हुँदै छ। फुटबल विश्वकप पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो।
कतार विश्वकपको पहिलो खेल नोभेम्बर २० मा आयोजक मुलुक कतार र इक्वेडरबीच हुनेछ। यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। उद्घा’टनको दिन एउटा मात्र खेलको तालिका छ।
विश्वकपमा समूहचरणका खेल डिसेम्बर २ सम्म हुनेछन्। त्यसपछि अन्तिम १६ का खेल हुनेछन्। अन्तिम १६ का खेल डिसेम्बर ६ मा सकिनेछ।
क्वार्टरफाइनलका खेल डिसेम्बर ९ र १० मा हुनेछ। सेमि’फाइ’नल खेल डिसेम्बर १४ र १५ मा हुनेछ।वि’श्वक’पक फाइ’न’ल डिसेम्बर १८ मा हुनेछ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार





