काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने



काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने

धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।

त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्। ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।

नेपालको प्रतिव्यक्ति आय श्रीलंकाको जति बनाउन सकिन्छ: वाग्ले
काठमाडौं- अर्थविद् डा. स्वर्णिम वाग्लले नेपाललाई प्रतिव्यक्ति आयका हिसावमा ८–१० वर्षभित्र हालको श्रीलंका अवस्थामा लैजान सकिने बताएका छन्।

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले युवा पुस्ताले नेतृत्व गरे पनि मुलुक सिंगापुर र स्विजरल्याण्ड बन्न नसक्ने तर प्रतिव्यक्ति आयका आधारमा अहिलेको श्रीलंकाको अवस्थामा लैजान सकिने स्पष्ट पारे।

उनले भने, ‘वास्तवमै राजनीतिक रुपमा आएको परिवर्तनले प्रतिव्यक्ति आय अहिलेको १२-१३ सय डलरमा फड्को मारेर ४ हजार डलर पुगेको भए स्वस्थ परिवर्तन भन्न सक्थ्यौं, त्यस्तो हुन सकेन।’ अहिले श्रीलंकाको प्रतिव्यक्ति आय ३९ सय अमेरिकी डलर छ। नेपालमा अबको ३-४ वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भई युवा पुस्ताले नेतृत्व पाउने उनको भनाइ छ।

युवाहरुलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने परिपाटीले भने खतराको अवस्था देखिएको उनले बताए। योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको उनको भनाइ छ। क्रमिक रुपमा केही वर्षमा मुलुकमा काम गर्ने युवा शक्तिको कमी

हुँदै जाने भएकाले युवा शक्तिको अहिले नै भरपूर सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए। उनले भने ‘अहिले ११ जना युवाले काम गरेर १ जना वृद्ध पाल्नुपर्ने अवस्था छ, तर सन् २०५० पछि ४ जना युवाले काम गरेर १ जना वृद्धलाई पाल्नुपर्ने अवस्था हुन्छ।’

अहिले जीडीपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तिमा १२ देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ। उनले भने ‘अहिले जीडीपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत छ। १० वर्ष द्वन्द्व लगायतका कारण उद्योगमा कमी हुँदै आयो। अबको पुस्ताले १२ देखि २५ प्रतिशतसम्म पुर्‍याउनु पर्छ।’

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार