मलेसियाको NSK Trade City ले बढायो न्युनतम तलब
काठमाडौं : मलेसियाको nsk trade city sb कम्पनीले सरकारले तोकेको न्युनतम तलब दिन सुरु गरिसकेको छ । मलेसियामा नयाँ कामदार माग आउने मागपत्र न्युनतम तलब १५ सय रिंगेटमा आए पनि पुराना करार नसकिएको हकमा केही कम्पनीले अझै पनि न्युनतम तलब बढाएका छैनन् ।
उता मलेसियाको nsk trade city sb कम्पनीले भने सबैलाई न्युनतम तलब दिएको भन्ने कम्पनीमा कार्यरत नेपाली कामदारले बताएका छन । मलेसिया सरकारले मे १ तारिक देखि नै न्युनतम तलब दिनुपर्ने भनिए पनि केही कम्पनीले भने अझै बदामासी गरिरहेको बुझिएको छ ।
मलेसियाका केही कम्पनीले नगत नै कामदारलाई तलब दिने र पे रोल मात्रै सरकारले तोकेको न्युनतम तलबमा तयार गर्ने गरेको बताइएको छ ।त्यस्तोमा पूरा तथा नंया कामदारको तलब १५ सय बनाइएको nsk trade city ले जनाइएको छ ।
उक्त कम्पनीबाट केही समय अगाडी मात्रै जनरल वोर्करका लागि १३० जना नेपाली कामदारको मागभई आएको थियो ।





