रवि लामिछानेले दिए चितवन-२ बाट उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् ।
सञ्चारकर्म छाडेर पार्टी खोलेका लामिछानेले मनोनयन दर्तापछि फेसबुकमा लेखेका छन्, ‘यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’
लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार





