कतारको यो कम्पनीले कामदारको न्युनतम तलबमा भारी वृद्धि गर्ने
दोहा : कतारको प्रतिष्ठित पानी कम्पनी Oasis वाटर कम्पनीले न्युनतम तलब सहित तलब वृद्धि गर्ने जनाएको छ ।
स्रोत र त्यहाँ काम गर्ने नेपाली कामदारले दिएको जानकारी अनुसार आगामी आवमा कम्पनीले राम्रो तलब वृद्धि गर्ने जनाएको छ ।आगामि आवमा तलब वृद्धि हुने भए सङै Oasisमा कार्यरत नेपालीहरुमा खुसियाली छाएको समेत बताइएको छ ।
कतारमा बिश्वकपको माहोल बनेको छ भने कतारले बिश्वसमुदायलाई बिश्वकपको रौनक र खातेरदारिले बिश्वकओ ध्यान कतारमा खिच्न चाहन्छ । यस्तोमा बेलामौकामा कतारमा श्रमिक माथी गरिने भेदभाव तथा तलब तथा अन्य सुबिधा राम्रो नदिएको भन्दै आलोचना समेत हुँदै आएकोमा पछिल्लो समय कतारले सो कुरालाई कानुनमै सुधार ल्याएर नियन्त्रण गरिदै आएको छ ।
तलब वृद्धि, सेवासुबिधा बढाउने देखि कम्पनीहरुले दिने तलबमा समेत उल्लेख्य वृद्धि भएको छ भने सोही अनुसार Oasis वाटरले पनि तलब वृद्धिको घोषणा गरेको बताइन्छ ।
स्रोत तथा तयहाँ कार्यरत कामदारले उक्त तलब वृद्धिको कुरा भए पनि आधिकारिक रुपमा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।





