मलेसियाको Jinko Solar बाट आयो खुसीको खबर



मलेसियाको Jinko Solar बाट आयो खुसीको खबर

क्वालालम्पुर : मलेसियाको प्रतिष्ठित कम्पनी Jinko Solar कम्पनीले न्युनतम तलब वृद्धि गर्ने भएको छ मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।

मलेसियाको Jinko Solar ले हाल कामदारलाई १३ सय रिङ्गेट दिएकोमा अब भने सो रकममा वृद्धि गरेर कम्तिमा पनि RM 15 सय पुराएको छ ।मलेसिया सरकारले सबै कम्पनीमा कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM 15 सय पुराएको छ ।

मलेसिया सरकारले सन 2022 को मे देखि नै लागू हुने गरि सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको थियो सोही अनुसार jinko solar ले तलब बृद्दी गरेको हो ।

Jinko Solar को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ भने मलेसियाको उक्त कम्पनीले हालका दिनमा नेपाली कामदारको माग समेत गरेको बुझिएको छ ।

नेपालको केही मेनपावर कम्पनीमा Jinko Solar को मागपत्र प्रमाणिकिकरण भएको बुझिएको छ ।तर कम्पनीले आधिकारिक रुपमा लेटर जारी नगरे सम्म स्रोतबाट आएको सुचनालाई आधिकारिक भने मान्न सकिन्न ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार