मलेसियाको सुरक्षा गार्ड पेशामा युएईको जस्तै तालिम र परिक्षा भए के होला ?
क्वालालम्पुर :मलेसियामा अधिकतम सुरक्षा गार्डको रुपमा नेपाली कामदार काम गर्दै आएका छन् । नेपाली सुरक्षा गार्डको रुपमा धेरै मलेसियाका रोजगारदाताले मन पनि पराएका छन् ।तर लामोसमय देखि ब्यवसायिक सुरक्षा गार्ड नभएको भन्दै मलेसियामा कार्यरत सुरक्षा गार्डको काम गर्ने शैली प्रती असन्तुष्टि जनाएको समेत थियो ।
सोही कुरालाई मध्यनजर गर्दै मलेसियाले अब छिट्टै ब्यवसायिक सुरक्षा गार्ड सम्बन्धी नीति नियम बनाए के होला ?अझ बिशेषगरि युएईमा रहेको सुरक्षा गार्ड सम्वन्धी नीति नियम र तालिम दिने जस्ता कुराहरुको तयारी गरेर युएईमा जस्तै सुरक्षागार्डको नीति तयार गरे के होला ?
कुनै न कुनै दिन मलेसियाले युएईमा रहेको सुरक्षा गार्ड सम्बन्धी निति, प्रविधिय तालिम र प्रयोगात्मक परिक्षा विधि समेत भित्राउनै पर्छ, अझ युएईको भन्दा राम्रो र कडा नियम पनि ल्याउन सक्छ ।
युएईले सुरक्षा गार्डको रुपमा काम गर्नको लागि न्युनतम योग्यता संगै निश्चित कोर्सको अध्ययन, फायफ फाइटिङ कोर्ष, आपतकालीन सुरक्षा first-aid तालिम र फिजिकल फिटनेस जस्ता तालिम र परिक्षा को नीति नल्याउला भन्न सकिन्न ।
युएईको जस्तै वा त्यसमा केही फेरबदल सहितको सुरक्षा गार्ड सम्बन्धी एकरुपता ल्याउने कोसिस मलेसियामा भएमा त्यसको असर नेपालीलाई पक्कै पर्छ ।यो हाम्रो मात्रै होईन धेरैको आकलन हो । यस्तै सुरक्षा सम्वन्धी यो नीति कहिले र कसरी मलेसियाले लागू गर्छ त्यो भने हेर्न बाकी नै छ ।





