अन्ततः कतारले बिश्वकपको सुरक्षामा नेपाली लैजाने भयो, तलब अरु भन्दा दुई गुणा बढी हुने..



अन्ततः कतारले बिश्वकपको सुरक्षामा नेपाली लैजाने भयो, तलब अरु भन्दा दुई गुणा बढी हुने..

दोहा : कतारले बिश्वकपको लागि अन्ततः नेपाली श्रमिक लैजाने भएको छ । बिश्वकपको सुरक्षागार्ड र सेवा क्षेत्रमा आवश्यक श्रमिक लैजाने भएको हो ।
कतारले बिश्वकपको समयको लागि करिब ६ महिनाको लागि नेपालबाट श्रमिक लैजाने भएको हो । कतारले लगभग ४ हजार बढी श्रमिक नेपालबाट लैजाने जनाएको छ ।

नेपालबाट साथसाथै कतारले अन्य देशबाट समेत गरेर १२ हजार श्रमिक बिश्वकपकै लागि लैजाने छ ।कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले समकक्षी डा. अल बिन समिख अल मारीसँग शिष्टाचार भेट गरेका छन् ।

मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।सोमबार भएको भेटमा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ ।

भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल–कतारबीचको श्रम सम्झौता नवीकरणको मस्यौदाबारे जानकारी गराएका थिए । कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

साथै गत मङ्सिरमा काठमाडौंमा सम्पन्न नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि छलफल भएको थियो ।नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको छ ।

भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालका साथै कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्ली, दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ३ दशक पूरा भएको भएपनि कतारमा रहेका नेपाली आप्रवासीलाई सुरक्षित गर्न सन् २००५ मा मात्रै श्रम सम्झौता भएको थियो ।

प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारमा तीन लाख बढी नेपाली श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार