मलेसिया सरकारको अन्तिम चेतावनी, ‘अब दैनिक हजारौं छापामा पक्राउ गर्छौ’
क्वालालम्पुर : मलेसियाले अब ईलिगलहरुको मामिलामा आफ्नो कडा रुप प्रस्तुत गर्ने संदेश दिएको छ आजमात्रै मलेसियाको इमिग्रेसनले विभिन्न शहरमा छापा मारेर कयौं ब्याक्तीहरु पक्राउ गरेको छ । जसमा नेपालीको संख्या ठूलो रहेको बताइएको छ ।
मलेशिया को जोहोर राज्य को सीलोङ्ग सनाई स्थित Top Bst Tech Sdn Bhd कम्पनी मा गए रति मलेशिया इमिग्रेशन बाट मारिएको छापा मा अबैधानिक बिदेशी कामदार हरु पक्राउ परेका छन्।
इमिग्रेशन बाट पास जाँच गर्दा ६४ भारतीय, १६ नेपाल, २ बंगलादेश, ३ म्यानमार का कामदार बिना भिसा काम गरिरहेको पाइएको थियो ।मलेशिया इमिग्रेशन को ओप्स माहिर नामक ओपेरेशन मा कम्पनी घेराउ गरि रति १० बजे छापा मारिएको थियो।
प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार





