खुसीको खबर : हेर्नुस् कोरियाले मौसमी कामदार यो मितिबाट लैजान सुरु गर्ने



खुसीको खबर : हेर्नुस् कोरियाले मौसमी कामदार यो मितिबाट लैजान सुरु गर्ने

लामो समयदेखि कामदार अभाव खेप्दै आएको दक्षिण कोरियाले मौसमी कामदार ल्याउने भएको छ ।

अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कामदार ल्याउँदा धेरै समय लाग्ने भएकोले छिटो र सरल तरिकाले मौसमी कामदार भित्र्याउन लागेको कोरियाली न्याय मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाल, भियतनाम, थाइल्यान्ड र कम्बोडियाबाट यो वर्ष ११ हजार ५ सय ५० जना कामदार ल्याउन लागिएको जनाएको छ ।

कृषि र माछापालनमा काम गर्नेगरी ल्याउन लागिएका मौसमी कामदार तीन महिनादेखि पाँच महिनासम्म कोरिया बस्न पाउनेछन् ।( यो समाचार हामिले इकलम अनलाइनबाट साभार गरेका हौं )

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार