कतारमा ठूलो मात्रामा सुर्ती बरामद, कतारमा कहाँबाट आउँछ सुर्ती..? दोहा : हमाद बन्दरगाहमा सामुद्रिक भन्सार विभागले प्रतिबन्धित सुर्ति तस्करीको प्रयास असफल गरेको छ ।
सामाजिक सञ्जालमा साझा गरिएका धेरै तस्बिरहरूमा भन्सारले ८७ केजी तौलको बरामद सुर्ती मिनी ओभनको ढुवानीमा लुकाएर राखेको देखाएको छ ।केही दिनअघि पनि भन्सारले कारको केही भागमा लुकाएर राखेका विभिन्न किसिमका लागुऔषध चक्की बरामद गरेको थियो । फेला परेको तस्करमा ४४ थान क्याप्टागन चक्की, ९ लिरिका चक्की र दुई थान लागुऔषध चक्की बरामद भएको छ ।
भन्सार अधिकारीहरूलाई नवीनतम उपकरणहरू र यात्रुहरूको शारीरिक भाषा पढ्न र तस्करहरूले अनुसरण गर्ने नवीनतम विधिहरू बारे सचेत हुन निरन्तर प्रशिक्षण लगायतका सबै माध्यमहरू प्रदान गरिन्छ।
प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार





