कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड



कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड

कतार एयरवेजले सातौं पटक ‘एयरलाइन अफ द इयर’ अवार्ड जितेको छ एयरलाइनले विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितिसकेको बताएको छ । सन् २०२२ मा

एयरलाइनले २५औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काइट्रेक्सले सातौं पटक एयरलाइन अफ द एयरको उपाधि दिएको हो ।

लण्डनमा आयोजित एक समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्र्डस् बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ ।

एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र २०२२ मा एयरलाइन अफ द इयरको उपाधि जितेको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार