याक एन्ड यति होटेल आसपासका अवैध संरचनामा महानगरको नजर
काठमाडौं महानगरपालिकाले दरबारमार्गस्थित याक एन्ड यति होटेल आसपास बनेका अवैध संरचना भत्काउने भएको छ ।होटेलले फुटपाथ अतिक्रमण गरेर बनाएको कफिसप लगायतका संरचना भत्काउन लागेको महानगर प्रहरीका एसपी दिनेश अर्यालले जानकारी दिए । उनले अबको केही समयपछि नै सो क्षेत्रमा पुग्ने उनले बताए ।
महानगरले लामो भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ । अहिलेसम्म ५० भन्दा बढी ठाउँका अवैध संरचनामा महानगरको डोजर चलिसकेको छ ।
टुकुचामाथि बनेका संरचनाको अध्ययन, बेसमेन्ट पार्किङ खाली गराउने, फुटपाथ व्यापार गर्न नपाइने जस्ता अभियानलाई महानगरले निरन्तरता दिएको छ ।
प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार





