मंसिर २७ गतेसम्म प्रधानन्यायाधीश मै हुँ, म क्वाटर कुनै हालतमा छाड्दिँन : चोलेन्द्र



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू मंसिर २७ गतेसम्मको प्रधानन्यायाधीश दाबी गरेका छन् । त्यस्तै उनले उक्त समयसम्म वालुवाटारको क्वाटर नछोड्ने घोषणा गरेका छन् ।

उनले समाचार माध्यमहरुलाई प्रतिक्रिया दिँदै आफू सर्वोच्चमा नियमित कामका लागि जाने तयारी गर्दै गर्दा सरकारले नजरबन्दमा राखेको पनि जिकिर गरेका छन् ।

चोलेन्द्र आफूबिरुद्ध महाअभियोग लगाउने संसद नै निस्क्रिय रहेको भन्दै महाअभियोग पनि स्वत खारेज भएको दाबी गर्दै सर्वोच्च जाने तयारीमा थिए । तर प्रहरीले उनको निवासमै पुगेर गेटमा चाबी हाल्दिएको छ ।

निवासमै थुनिएपछि उनले महाभियोग निष्क्रिय भइसकेपछि पनि हाजिर हुन नदिएर सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाएका छन् । उनले कानूनी र मौलिक हक हनन् भएको भन्दै सरकारले संविधान नै मिचेको आरोप लगाए ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार