‘सडकमा व्यापार गर्नु रहर होइन, बाध्यता ‘महानगरमा साना व्यापारीको धर्ना
फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् । फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् ।
नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले हामीलाई बाच्न देउ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, सन्ध्याकालीन बजारको व्यवस्थापन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
फुटपाथमा व्यापार गर्दा पैदल यात्रीलाई समस्या भएको भन्दै महानगरले व्यापार गर्न रोक लगाएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार





