१४७ यात्रु बोकेर ओमानबाट इण्डिया आउँदै गरेको जहाजमा पनि धुँवा आयो, उडान रद्द



१४७ यात्रु बोकेर ओमानबाट इण्डिया आउँदै गरेको जहाजमा पनि धुँवा आयो, उडान रद्द

ओमानको राजधानी मस्कटदेखि इण्डियाको कोची आउँदै गरेको एयर इण्डिया एक्सप्रेसको जहाजमा धुँवा देखिएपछि उडान रद्द भएको छ । एयर इण्डियाको आईएक्स ४४२ जहाज मस्कटदेखि कोचिनका लागि उडान गर्ने तयारीमा थियो ।

तर तत्कालै जहाजमा धुँवा आउन थाल्यो । त्यसपछि उडान रद्द गरिएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । पछाडिको विमानले सो विमानबाट धुँवा आइरहेको जानकारी दिएको थियो ।

विमानमा १४७ यात्री र क्रु मेम्बर्स सहभागी रहेका थिए । मंगलवार राति नेपालको नेपाल एयरलायन्सको जहाज पनि धुवाँ आएपछि आधा घन्टामै आकस्मिक अवतरण गरिएको थियो ।

जापानको नारिताका लागि १८४ यात्रुसहित उडेको जहाजमा धुवा आएपछि तत्कालै काठमाडौं फर्काइएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार