जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो



जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ ।

कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।

काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको जहाज उडान भरेको आधा घण्टामा पुनः काठमाडौंमै फर्किएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो। तर, विमानमा केही खराबी भएपछि उडान भरेको आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै फर्किएको विमानस्थल स्रोतले जानकारी दियो।

विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल क्षेत्रमा अचानक धुवाँ देखिएपछि जहाजलाई पुनः काठमाडौं ल्याएर स-कुशल अवरतण गरिपएको हो।
प्राविधिक जाँचपछि यो जहाज आजै पुनः जापान उड्ने तयारी गरेको छ। जहाजमा १८४ जना यात्रु थिए।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार