सेप्टेम्बर ७ दक्षिण कोरिया,बामदेव देवकोटा
केही दिन अघि मोटर साइकिल दुर्घटनामा परि घाईते भएका रुकुमका राजु बुढालाई उपचारमा सहयोग गर्न कर्णाली प्रदेश समाज तथा राप्ती समाज दक्षिण कोरियाले सबैमा आग्रह गरेको छ ।उनलाई सहयोग गर्नको लागी भानु मगरको बुसान बैंककाे खाता नम्बर ११२२२३२१९३९०६ मा रकम जम्मा गर्न भनिएको छ।
बुढा कोरिया आएको एकमहिना नपुग्दै दुर्घटनामा परेका थिए । गत अगस्ट २२ मा आफैले चलाएको मोटर साइकल इछन सहरमा दुर्घटना हुँदा उनी सख्त घाईते भएका हुन। टाउकोमा गम्भीर चोट लागेका राजु उपचारको क्रममा सुवनको अजोऊ युनिभर्सटी अस्पतालमा रहेका छन । आइसियुमा राखेर एकहप्ता उपचार गरेपछी होसमा आएका उनको टाउकाको सल्यक्रिया गरिएको थियो ।
हालसम्म उनको उपचारमा २ करोड ३७ लाख वन खर्च भएको अस्पतालले जानकारि दिएको छ,उनको उपचारमा अझै एक करोड वन बढी खर्च हुनसक्ने अनुमान गरिएको कर्णाली प्रदेश समाजका अध्यक्ष सुदिप रावतले बताए।आमाकाे मृगौला दिएर पनि बुवालाई गुमाएका राजु गत जुलाईमा इपिएस मार्फत कोरिया आएका थिए, तर दुर्भाग्य उनी आएको एकमहिना नपुग्दै दुघर्टनामा पर्दा, बाबुको उपचार गर्दा लागेको ३० लाख रुपैयाँ ऋण तिर्ने अनि आफ्ना अनेकौं सपना पुरा गर्ने उनको इच्छा दुर्घटना सँगै अधूरा भएका छन् ।
घरमा एउटा मृगौलाले जीवन धानिरहेको बुढी आमा, जुम्ल्याहा दुई छोरा अनि श्रीमती छोडेर आएका राजुको आर्थिक अवस्था निकै नै दयनिय छ ।कृषि फर्ममा काम गर्न कोरिया आएका राजुको अहीले सम्म रोजगार दाताले स्वास्थ्य बीमा लगाएतका अन्य बीमा नबनाइएको हुँदा उनको उपचारमा निकै नै सकस भएको राप्ती समाजका अध्यक्ष ओमलाल ओलीले जानकारि दिए छन्।
यही कुरालाई मध्यनजर राख्दै राजुको उपचारमा सहयोग गर्ने उद्देश्यले कर्णाली प्रदेश समाज र राप्ती समाज दक्षिण कोरियाले संयुक्त रूपमा सहायोग अभियान सुरु गरेका छन् । दुःखको यस घडीमा आफूले सकेको सहयोग गरी राजुको घाउमा मलहम पट्टी लगाउने पुण्यको कर्ममा जोडिन संयुक्त अभियानले कोरिया स्थित सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ। नया दैनिकी डटकम बाट





