डलर संगै रिंगेटको भाउ आज पनि बढ्यो ! रियल र दिराम कति पुग्यो हेर्नुहोस
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्री दर १२७ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ७३ पैसा र बिक्री दर १४७ रुपैयाँ ४२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार





