कतारमा रहेका नेपालीले ११ डलरमै बिश्वकप हेर्न पाउने, कति नेपालीले पाए टिकेट..?



काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको थियो ।

कतारले जारी गरिएको टिकट दर अनुसार कतारका बासिन्दा र कतारमा रहेका नेपालीसहितका कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउने भन्दै कतारले टिकट खरिदका लागी आव्हान गरेको थियो ।

‘कतार वर्ल्ड कप’को टिकेट बिक्री गर्न थालिएको मा कति नेपालीले ११ डलरमा टिकट प्राप्त गरे त्यो भने अहिले खुलेको छैन । कातारले सिमित मात्रामा मात्रै त्यस्तो टिकट बितरण गरेको थियो ।

कोभिड-१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकेट बेच्न थालिएको हो । बुधबार जारी गरिएको टिकट दर अनुसार कतारका बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउनेछन् ।

फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको हो ।
तर फिफाले अन्तर्राष्ट्रिय दर्शकको हकमा हरेक खेलका लागि टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरेको छ । जुन दर सन् २०१८ को विश्वकपमा तोकिएको भन्दा एकतिहाइले कम हो ।

बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा उल्लेख छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार