कांग्रेस नेता प्रदीप गिरि रहेनन्
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गिरिको निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।
अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ। डाक्टरले मृत घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नु हुन्छ ।’
घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।
गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको थियो । सिरहाका गिरिलाई बौद्धिक नेताका रुपमा चिनिन्छ ।
प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार





