साउदी अरबमा सन् २०२३ मा कति बढ्दै छ कामदारको तलब ?



साउदी अरबमा सन् २०२३ मा कति बढ्दै छ कामदारको तलब ?

काठमाडौँ — तेल उत्पादनको हिसाबले मात्रै नभएर अरम राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले २०२३ मा अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ ।

साउदी अरबले सन् २०२३ मा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत लाभान्वित हुने अनुमान गरिएको छ । किनकि यस बिषयमा साउदी अरबले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान मात्रै गरिएको छ । जानकारका अनुसार तलबमा वृद्धि हुने कुरामा ढुक्क भए ओअनि कति तलब वृद्धि गर्छ भन्ने यकिन गर्न नसकिने बताउछन् ।

जानकारहरुको अनुसार तलब वृद्धि सरकारी तथा प्राइभेट सेक्टरमा काम गर्ने अप्रावासी कामदारहरु सबैमा लागू हुने बताइएको छ ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ ।

यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर साउदी अरबको सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन । चियागफ बाट

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार