कति पुग्यो अष्ट्रेलियन डलर र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ४० पैसा र बिक्रीमा १३० रुपैयाँ २ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ आज एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ५५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३७ रुपैयाँ ४ पैसा तोकिएको छ।





