पाेखरामा पहिरोले १ को मृत्यु, २ घाइते, १ सय घर डुबानमा



पाेखरामा पहिरोले १ को मृत्यु, २ घाइते, १ सय घर डुबानमा

पोखरा । भारी वर्षाका कारण पहिरोमा घर पुरिंदा पोखरामा एक युवकको मृत्यु भएको छ । पहिरोमा परी २ जना घाइते छन् । पोखरा ६, डिहिगोपाटनमा आइतबार राति

करिब १ बजे स्थानीय लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडिको एक कोठा भत्किंदा मानवीय क्षति भएको हो । सो कोठामा डेरा गरी बस्ने कास्कीको माछापुच्छे गाउँपालिका वडा १, भुर्जुङखोला तातोपानीकी

२७ वर्षीया सुनिता सुनार, उनको छोरी १० वर्षीया सिम्रन सुनार र सुनिताका भाइ २६ वर्षीय सन्तोष सुनार घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी अस्पताल पठाइएकोमा सन्तोषलाई

चिकित्सकले साढे २ बजे मृत घोषणा गरेका हुन् । सुनिता र उनकी छोरी सिम्रनको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच, आइतबार रातिदेखि निरन्तर भारी वर्षाले पोखरा १३, कमलपोखरी क्षेत्रका करिब १ सय घर डुबानमा परेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार