साउदीमा एक वर्षमा २०६ जना नेपालीको मृत्यु, आत्महत्या गर्ने ३४ जना
वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृ’त्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृ’त्यु भएको हो ।
मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको श’व नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण ९ह्दयघाट समेत० र ३४ जनाको आ’त्मह’त्या कारण ज्यान गुमाएका हुन् । यस्तै, ३१ जनाको सडक
दुर्घ’टनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु भएको हो । एक जना नेपालीको भने ह’त्या भएको थियो ।
प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार





