जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने



जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् ।

शर्माको सपथको तयारी भइरहेको उच्च स्रोतले बतायो । पार्टीभित्र छलफल गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् । त्यसपछि उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनेछन् ।

आर्थिक वर्ष २०७९्०८० को बजेट पेश गर्ने अघिल्लो दिन अनाधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गराएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको निष्कर्षसहित समितिले शुक्रबार प्रतिवेदन बुझाइसकेको छ । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन् ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार