साउदीले १२० किलोमिटर लामो भवन बनाउने, ५० लाख मानिस अटाउने
साउदी अरबले १२० किलोमिटर लामो भवन बनाउने योजना सार्वजनिक गरेको छ ।
शीशाले बनेको उक्त भवन साउदीको नयाँ शहर नियोमको एक हिस्सा हो । उक्त शहर निर्माणको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानले सन् २०२१ को जनवरी महिनामा गरेका थिए। इजिप्टका पिरामिडहरू जस्तै कालजयी निर्माण आफ्नो देशले गर्न चाहेको बिन सलमानको भनाइ छ ।
मिरर लाइन नामक संरचनामा १६ सय फीट लामा दुई भवन हुनेछन् । मरुभूमि, तटीय क्षेत्र र पहाडी भूभाग हुँदै ती भवनहरू समानान्तर दूरीमा बनाइनेछन् । मिरर लाइन सन् २०३० सम्ममा तयार हुने आशा बिन सलमानले गरेका छन् तर इन्जिनीयरहरूले यो बन्न ५० वर्ष लाग्ने बताएका छन् ।
भवन अत्यधिक लामो भएकाले पृथ्वीको कुनाकाप्चालाई विचार गरी यसलाई खम्बामा अड्याउनुपर्ने हुन्छ । भवनमुनि द्रुत गतिको ट्रेन पनि दौडिनेछ ।
भवन निर्माण पूरा भएमा यो अकाबा खाडीबाट पहाडी भूभाग हुँदै तटवर्ती क्षेत्रमा पुग्नेछ र त्यहाँबाट मरुभूमि शहर नियोममा गएर ठोकिनेछ ।
यस भवनमा १० लाख निवासीहरू पाँच मिनेटको पैदलयात्रामा भेटिने र एक छेउबाट अर्को छेउ २० मिनेटमा पुगिने लक्ष्य लिइएको बिन सलमानले बताए । यसलाई नवीकरणीय ऊर्जाले बिजुली दिनेछ ।
भविष्यमुखी भवनहरू चाँदी जस्तो टल्किनेछन् र यसको भित्री भाग जटिल किसिमको हुनेछ । दशौं खर्ब डलरमा बन्ने यस भवनको निर्माण पूरा भएपछि ५० लाख मानिस बन्न मिल्छ । भवनमुनि डुंगा अड्याउने मरिना पनि बनाइनेछ ।





