कुवेती दिनार एकको बिक्रीमा ४१५ रुपैयाँ ९० पैसा पाइने, हालसम्मकै उच्च दर कायम
नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ १९ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९८ पैसा पाइन्छ।
आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा आज ३४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ६६ पैसा र बिक्रीमा २८ रुपैयाँ ८० पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४१३ रुपैयाँ ९५ पैसा र बिक्रीमा ४१५ रुपैयाँ ९० पैसा पाइन्छ। कुवेती दिनारको यो हालसम्मकै उच्च विनिमय दर हो। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ८४ पैसा तोकिएको छ।





