६ बर्षअघि धन कमाउन कोरिया गएका नेपालीको मेसिनमा टाउको च्यापिएर ज्यान गयो



६ बर्षअघि धन कमाउन कोरिया गएका नेपालीको मेसिनमा टाउको च्यापिएर ज्यान गयो

दक्षिण कोरिया । कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परी मृत्यु भएको छ । भोजपुर घर भई याङसानमा कार्यरत तीर्थ पाण्डेको मृत्यु भएको

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए । काम गरिरहेकै अवस्थामा मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको सहकर्मीलाई उद्धृत गर्दै राईले बताए ।

ईपीएसमार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए । सोही कम्पनीमा दुर्घटनामा परी गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।

मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । घटनाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार