कोरियन भाषा परीक्षा साउन २ गते हुदैँ



कोरियन भाषा परीक्षा साउन २ गते हुदैँ

काठमाडौँ- कोरियन भाषा परीक्षा साउन २ गते (सोमबार) हुने भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत गणतन्त्र कोरिया जाने नेपाली कामदारको उत्पादनमूलक क्षेत्रको कोरियन भाषा ( EPS-TOPIK) (UBT-2022) परीक्षा साउन २ गते हुने भएको हो। जसअनुसार तीन सिफ्टमा परीक्षार्थीहरुको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण र भाषा परीक्षा हुनेछ।

पहिलो सिफ्टमा परीक्षार्थीको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण बिहान ८ बजे, दोस्रो सिफ्टमा बिहान ९ः३० बजे र तेस्रो सिफ्टमा मध्याह्न १२ बजे हुनेछ।

त्यसैले भाषा परीक्षा पनि पहिलो सिफ्टमा बिहान १० बजेट, दोस्रो सिफ्टमा बिहान ११ः३० बजे र तेस्रो सिफ्टमा दिउँसो २ बजे हुनेछ।

भाषा परीक्षा केन्द्र ललितपुर जिल्लाको भैंसेपाटीस्थित सीबीटी भवनमा हुनेछ। बायोमेट्रिक रजिस्टर ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा हुनेछ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार