पेट्रोलको मूल्य १० रुपैयाँले बढेर प्रतिलिटर १७० पुग्यो



काठमाडौं । फेरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । शनिबार बसेको नेपाल आयाल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।

हालसम्म १६० रहेको पेट्रोलको मूल्य बढेर १७० पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार