काठमाडौं । सरकारले आगामी वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका हुन् ।
मन्त्रालयले सोमबार विज्ञप्ति नै जारी गरेर सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० गते बिदा दिने निर्णय गरेको हो । वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार





