काठमाडौं। साढे तीन वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी अब खुल्ने भएको छ । मलेसिया रोजगारी खुलाउने तयारी स्वरुप मागपत्र प्रमाणीकरणको काम सुरु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसियाले यही जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया सुरुवात गरेपछि नेपाली दूतावासले माग प्रमाणीकरण गर्न सुरु गरेको हो ।
मलेसिया स्थित दुतावासले शुक्रबार एक सूचना जारी गर्दै नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु भएको बताएको छ । नयाँ मागपत्र प्रमाणीकरणको लागि मंगलबार, बुधबार र बिहिबार पेश गर्ने र सोमबार बुझिलिने गरी व्यवस्था मिलाईएको दुतावासले जारी गरेको सूचनामा जनाइएको छ । जसको लागि २ बजेदेखि ४स्३० बजेसम्मको समय निर्धारण समेत गरेको सूचनामा उल्लेख छ ।
दुतावासले मागपत्र प्रमाणीकरणको लागि आवश्यक कागजातहरु पेश गर्नुभन्दा पहिले दुतावासको वेबसाइटमा उपलब्ध अनलाइन फारम भर्ने र पेश गर्ने समय बारे जानकारी लिन अनुरोध गरेको छ ।
यस सम्बन्धि सूचना हेर्नुहोस्






