नयाँ भेरियन्ट भेटिएपछि कतारले फेर्याे क्वारेन्टाइन नियम, अब यस्तो छ व्यवस्था !



दोहा। अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास यतिबेला संसारभर छाएको छ । कतिपय देशले त यतिबेला यात्रा प्रतिबन्ध लगाइसकेका छन । यसैबीच कतार सरकारले पनि नयाँ भेरियन्टको संक्रमण फैलन सक्ने भन्दै कतार आउने यात्रुको लागि क्वारेन्टाइनको नियम परिवर्तन गरेको छ ।

ओमिक्रोनको जोखिम बढी भएको देश अफ्रिका, नामिबिया,जिम्माबे, इजिप्ट, लेसोथो, इस्वातिनी र बोत्स्वनना आदि छन । यी देशबाट आउने सबै यात्रुलाई बुधबारदेखि ७ दिन क्वारेन्टाइन अनिवार्य गरिएको छ । कतारको स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम हेरेर हरियो,रातो गरेर जोखिमपूर्ण र अतिजोखिमपूर्ण बर्ग छुट्टाएको छ ।

यस्तै कतार सरकारले नेपाली यात्रु र कामदारलाई भने क्वारेन्टाइन नियम परिवर्तन गरेको छैन । कतार सरकारका अनुसार नेपालबाट कतार आउने खोप लगाएका यात्रुले दुई दिन र खोप नलगाएका यात्रुले सात दिन बस्नुपर्ने छ ।

नेपालीको लागि कतार आउन चाहिने कागजात
१. एह्तेराजको वेबसाईटमा विवरण दर्ता (नयाँ आउनेहरुले मात्र)

२. स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता फारम

३. होटेल बुकिङ

४. श्रम स्वीकृति रहवाई टिकट र ७२ घन्टा भित्रको पिसिआर रिपोर्ट

५. कतार आईसकेपछि एह्तेराज एप

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार