कोरिया रोजगारी खुल्ने पक्का ! सिसिभिआई भर्ने रेगुलर कामदारको नामावली सार्वजनिक ( नामावली सहित)



काठमाडौं । लामो समयदेखि अवरुद्ध दक्षिण कोरिया रोजगारी सुचारू हुने भएको छ । ईपीएस कोरिया शाखा ग्वार्कोले कोरियन भाषा परिक्षा उत्तीर्ण भएर कोरिया जान आवश्यक प्रक्रिया पूरा गरेका कामदारलाई सिसिभिआई फारम भर्न अनुरोध गरेको छ । सूचनासँगै दक्षिण कोरिया उडान हुनुपूर्व भर्नुपर्ने सिसिभिआई (CCVI)फारम भर्ने कामदारको नामावली समेत ईपीएस शाखा ग्वार्कोले सार्वजनिक गरेको छ । शाखाले सार्वजनिक गरेको लिष्टमा कोरिया जान सबै प्रक्रिया पुरा गरेका ४ सय ८३ कामदारको नामावली छ ।

कार्तिक २६ गतेदेखि कार्यालय समयमा स्वयंम उपस्थित भएर फारम बुझाउन सकिने समेत शाखाले जारी गरिएको सूचनामा उल्लेख छ । पछिल्लो समय दक्षिण कोरिया रोजगारी खुलाउन सरकारी स्तरबाटै पहलकदमी भएको थियो भने उता कोरियाले समेत लकडाउन खुकुलो पारेर ईपीएस मार्फत श्रमिक लैजाने प्रक्रिया सुरुवात गरेको थियोे ।

आवश्यक कागजात
राहदानी र राहदानीको फोटोकपी
नागरिकताको प्रतिलिपी
प्रहरी प्रतिवेदन
क्षयरोग परिक्षण प्रतिवेदन
नेपाल बैंक गाबहाल शाखामा ६ हजार रूपैयाँ जम्मा गरेको भौचर
पासपोर्ट साइजको फोटो १ वटा
कोभिड खोप लगाएको प्रमाणपत्र

List of Regular Workers for CCVI Submission

Consent to Quarantine Form

Sample Bank Account Detail form

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार