१८ गतेदेखि २१ गतेसम्म कतारी दुतावास बन्द रहने (सूचना सहित ) जानकारीका लागि शेयर गराैँ !



दाेहा | नेपालीहरुकाे महानचाड दिपावलीकाे अवसरमा कतारस्थित नेपाली दुतावास बन्द हुने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै दुतावासले लक्ष्मी पुजाकाे अवसरमा कार्तिक १८ गते बिहीबार तदनुसार ४ नाेभेम्बरका दिनदेखि दुतावास बन्द हुने जानकारी गराएको छ । कार्तिक २१ गतेदेखि दुतावास खुल्ला हुने समेत नेपाली दुतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालीका लागि रोजगारीको प्रमुख गन्तव्य बनेको खाडीमुलुक कतारमा लाखौँ नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् । संख्याका आधारमा मलेसियापछि सबैभन्दा बढी नेपालीहरु कार्यरत रहेको मुलुक हो कतार । नेपालीको संख्या कतारको पूरा जनसंख्या भन्दा पनि बढी छ । कतारमा कार्यरत नेपालीहरुको संख्या ८ लाखभन्दा बढी छ, जुन यहाँका मुलबासी कतारीहरू भन्दा धेरै बढी हो ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार