काठमाण्डौ | नेपाली श्रमिकको गन्तव्य देश साउदीले कोरोना विरुद्धको खाेप सिनोफर्म (भेराेसेल) लाई पनि मान्यता दिएको छ । सिनोफर्मलाई मान्यता दिएसँगै मान्यताप्राप्त खोपको संख्या ६ पुगेको छ ।
यो भन्दा पहिले साउदीले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मान्यता दिएको थियो । तर सिनाेफर्म तथा सिनाेभ्याककाे दुवै डाेज लगाएकाहरुले पनि फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन मध्ये एककाे ‘बुस्टर सट’ लगाएकाे हुनुपर्ने त्यहाँकाे पर्यटन मन्त्रालयलाई उदृत गर्दै अलअरबियाले लेखेकाे छ ।
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार





