स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई कारवाही गर्दै कतार सरकार



दोहा । कतारको आन्तरिक मन्त्रालयले कोभिड–१९ सम्बन्धी सावधानीका उपाय उल्लंघन गर्ने व्यक्तिविरुद्ध कारवाही तीव्र बनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारी सम्बद्ध टोलीले १ सय ७४ वटा उल्लंघनका घटना फेला पारेका छन्। तीमध्ये १ सय ६५ जनाले सार्वजनिक स्थानमा माक्स नलगाएको र ९ जनाले सुरक्षित भौतिक दूरी कायम नगरेको बताइएको छ। उनीहरूलाई स्वास्थ्य मापदण्ड उल्लंघन गरेको अभियोगमा सार्वजनिक मुद्दा चलाइँदैछ।

यस्तै, मन्त्रालयले अहिलेसम्म कोभिड–१९ विरुद्ध सावधानीका उपाय उल्लंघन गर्ने हजारौं व्यक्तिलाई सार्वजनिक मुद्दा चलाएको बताएको छ।

यसै सन्दर्भमा आन्तरिक मन्त्रालय तथा स्वास्थ्य अधिकारीले कतारका बासिन्दालाई कोभिडबाट बच्न तथा यसको नियन्त्रणका लागि नियमित माक्सको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, सवारी साधनमा धेरै संख्यामा सवार नगर्न तथा अन्य स्वास्थ्य मापदण्डका उपाय अवलम्वन गर्न चेतावनी दिँदैआएका छन्।

टोकियोमा चौथो पटक आपतकाल घोषणा
कोरोना भाइरसको प्रतिरोधका रूपमा सरकारले टोकियोमा चौथा पटक आपतकाल घोषणा गर्ने निर्णय गरेको छ । यसबारेमा सरकारले सत्तारूढ पार्टीलाई सूचित गरेको जनाएको छ।

त्यस्तै सरकारले ओकिनावा प्रान्तमा जारी आपतकालको स्थिति विस्तार गर्ने भएको छ । आपतकालको म्याद आगामी महिनाको २२ तारिखसम्म हुनेछ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार