पैसा जम्मा गर्नुहोस् ! ज्योति लाइफ इन्स्योरेन्सले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति



ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

निर्धन उत्थान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १० गते, साेमबार) अन्तिम दिन रहेकाे छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (फागुन १० गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको २२ औं वार्षिक साधारण सभा फागुन २५ गते हुँदैछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार