तीन पात्र माथि खेलेर प्रतिक्रियावादीले नेकपा विभाजन गराएको बादलको निष्कर्ष ( भिडियो सहित )



काठमाडौं, १७ पौष । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गर्न योजनावद्ध तरिकाले चलखेल भएको टिप्पणी गरेका छन् । यसका लागि तीनवटा पात्रलाई प्रयोग गरिएको उनको भनाई छ । आज ललितपुरमा महानगरपालिकाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य बादलले भने, ‘नेकपाभित्र राष्ट्रपति हुन नपाएको असन्तोष, पार्टी अध्यक्ष हुन आकांक्षा राख्ने पात्र र प्रधानमन्त्री हुन चाहने पात्र छन् । त्यसबाट अन्तरविरोधलाई बढाएर पार्टी विभाजन गराए ।’

बादलले खुलेर नभनेपनि झलनाथ खनाललाई राष्ट्रपति बन्न नपाएकोमा असन्तुष्ट, माधवकुमार नेपाललाई अध्यक्ष बन्ने आकांक्षी र प्रचण्डलाई प्रधानमन्त्री बन्न चाहने आकांक्षी भन्न खोजेका हुन् । बादलले नेकपा विभाजन भइसकेको स्पष्ट पारे । फुट र बिघटनबाट जोगाउन सारा शक्ति लगाउँदा पनि नसकिएको उनको भनाई थियो । नेकपाको ओली समूहमा पुगेका बादलले अर्को समूहको खुलेर भने आलोचना गरेका छैनन् । उनले कसैको पनि नाम नलिई घुमाउरो तरिकाले व्यङ्ग्य गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार