ललितपुर । ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ चैत १५ गते घटेको उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला ललितपुर गोदावरी नगरपालिका–१० टाखेल निवासी ३० वर्षीय राम शरण शर्मा बजगाई (RB Sharma) लाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका शर्मालाई हाल जिल्ला प्रहरी परिसर ललितपुर मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।
प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार





