बुद्धरत्न महर्जनले सार्वजनिक गरे चुनावी खर्चको विवरण



ललितपुर । बुद्धरत्न महर्जनले आफ्नो निर्वाचन अभियानमा भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेका छनु। प्रतिनिधिसभा सदस्यका रूपमा क्षेत्र नं. १ बाट निर्वाचित महर्जनले पारदर्शिताप्रतिको प्रतिबद्धता जनाउँदै खर्च विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको विवरणअनुसार प्रचार–प्रसार, सवारी, इन्धन, खाना–खाजा, श्रमिक तथा अन्य विविध शीर्षकमा खर्च भएको उल्लेख गरिएको छ। कुल खर्च करिब १४ लाखभन्दा बढी रहेको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ललितपुर जिल्ला सभापतिसमेत रहेका महर्जनले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै अभियान सफल बनाउन सहयोग, साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक अभ्यासको मुख्य आधार बनाउने पनि बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार