कांग्रेस सभापति गगन थापाले दिए राजीनामा



कांग्रेस सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

सर्लाही–४ बाट उम्मेदवार रहेका थापालाई अमरेशकुमार सिंह ले पराजित गरेका थिए । निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।

थापाको राजीनामाबारे निर्णय केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार